अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म 'राधे'को गीत सर्वजानिक भएको छ। "मलाइ माफ गर" बोलको गीतमा निखिलले आफ्नो गल्ती स्वीकार्दै प्रियंकासँग माफी मागेका छन्। दोलखाको कालिन्चोकमा छायांकन गरिएको यस गीतको लोकेसन पनि सुहाउँदो देखिएको छ। गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने स्वर अभिजित भट्टाचार्यले दिएका छन्। धेरै हिन्दी गीत पनि गाएका अभिजित बलिउडका पनि सफल गायक हुन्।
सुशील पोखरेलको निर्माण रहेको फिल्म 'राधे'लाई जगदिश्वर थापाले निर्देशन गरेका छन्। फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । राधेमा निखिल र प्रियंकाको अलावा अशिष्मा नकर्मी, प्रमोद आग्रहरि, शिशिर भण्डारी, सलोन बस्नेत लगयतका कलकारको पनि अभिनय रहेको छ। फिल्म बैशाख १ गतेदेखि प्रर्दशनमा आउँदै छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...