-->
१ करोड ८० लाख भारुको डुकाटी मोटरसाइकल

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल निर्माता कम्पनी डुकाटीले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । डुकाटीले ‘डुकाटी १२९९’ सुपरलेग्रा मोडल हालै बजारमा ल्याएको हो । १ करोड ८० लाख भारु मूल्य तोकिएको उक्त मोटरसाइकल १२ सय ८५ सीसी इन्जिन क्षमताको रहेको छ ।
यस मोटरसाइकलमा २ सिलिन्डर इन्जीन छ भने ११ हजार आरपिएममा २१५ प्रतिसेकेन्डको पावर क्षमता रहेको छ । यो मोटरसाइकल निकै तिव्र गतिमा कुद्ने बताइएको छ ।
डुकाटी १२९९ मोटरसाइकल जम्मा ५ सय पिसमात्र उत्पादन गरिने डुकाटीले जनाएको छ । यो मोटरसाइकल खरिदकर्ताले अर्डर गरेर खरिद गर्न सक्नेछन् । उत्पादित मोटरसाइकल हुँदासम्म भने सहजै खरिद गर्न सकिनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.