-->
असल श्रीमानले के गर्नुपर्छ ?

अहिलेको महंगीको जमानामा एक जनाको मात्रै कमाइले खुशी र सुशी जिन्दगी जिउन मुश्किल छ त्यसकारण पनि पती पत्नी दुबै वर्किगं हुनु जरुरी छ । जब तपाइकी श्रीमती जागिर खान्छिन् या कुनै ब्यावसायमा लाग्छिन् स्वत पारिवारको आर्थिक भार तपाइ एक्लैले ब्यहोर्नुपर्दैन् । तसर्थ पुरुषहरूले आफ्नो इगोलाइ त्याग्नुपर्छ । पतीपत्नी दुबै कामकाजी भएको अवश्थामा के गर्ने ?
यस्तो अवश्थामा सम्बन्धको महत्वलाइ कहिल्यै भुल्नु हुदैन । भलै तपाइकी श्रीमती तपाइभन्दा बढी कमाउने या उच्चआहोदामा होलिन पैसा मात्रै सबथोक होइन आपसमा भावनात्मक सहयोगको जरुरत पर्छ ।
आधुनिक जमानाका शिक्षित पुरुषले पुरातन सामाजिक ब्यवश्था र कुसंस्कारलाइ आफुमा हाबी हुन दिनु हुदैन । कुनै पनि प्रकारको आग्रह पुर्वाग्रह मानसिकताबाट ग्रसित नहुनुहोस यसले तपाइ दुबैको बिचमा दुरी पैदा गर्छ । बैवाहिक सम्बन्ध बिश्वासमा अडेको हुन्छ यसलाइ कहिल्यै डगमगाउन दिनुहुदैन ।
श्रीमतीको प्रगतीमा डाहा गर्ने होइन कि खुशी हुन सिक्नुहोस किनभने उनी तपाइको परिवार अनि तपाइको महत्वपुर्ण हिस्सा हुन् । श्रीमतीको प्रगतीमा असुरक्षाको भावना आउनु केही हदसम्म सामान्य नै होला तर यसलाइ यसरी आफुमा हाबी हुन दिदा आपसी दुरी बढ्नसक्छ । श्रीमतीको प्रगतीलाइ आफ्नो सफलता सम्झिएर उनको खुशीमा आफुलाइ सहभागी गराउनुपर्छ ।
कहि कतै श्रीमतीको ब्यवहारले चित्त दुखेमा उनको अगाडी आफ्नो भावना प्रष्ट राख्नुपर्छ ।- नारी पत्रीकाबाट
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.