अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु धेरै थरि कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौ । तर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ । यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ । त्यस कारण गोरो र सुन्दर छालाको लागि कस्मेटिक सामानहरु हैन खानेकुरामा ध्यान दिनु राम्रो मानिन्छ । के के खानेकुरा खाँदा हामी गोरो हुन्छौँ त तपाईँ पनि थाहापाईराख्नुहोस् ।
कालो चिया–यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ ।
कागती पानी–यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ ।
टमाटर–टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ ।
सोफ–यसलाई खानाले शरीरमा टक्सिन्स कम हुन्छ र छालको फेयरनेस बढ्छ ।
केशर–यसमा हुने सेफर्नल तेलले छालाई कालो हुन दिँदैन ।
नरिवल पानी– नरिवल पानीमा हुने ईलेक्ट्रोलाईट्सले हामीलाई गोरो हुन मद्दत गर्छ ।
रातो मूला–रातो मूलामा हुने आईरनले हाम्रो अनुहारमा निखार ल्याउँछ ।
मेवा–मेवामा पपाईन हुन्छ । जसले फेयरनेस बढाउँछ ।
दुध–दुधमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ ।
केरा–केरामा हुने पोटाशियम र भिटामीन ईले छालाको रंग निखारिन्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

0 comments
प्रतिक्रिया दिनुहोस्...