हिन्दु धर्म अनुसार वैशाख महिनामा भगवान विष्णूको पुजा र उपासानको विशेष महत्व छ।
भोली सोमवारको अक्षय तृतियामा महालक्ष्मीको पुजाको शुभ घडि पनि छ । विष्णपत्नी लक्ष्मी धन र ऐश्वर्याको देबी मानिन्छन् ।
अक्षय तृतियामा गरिने पुजा, धर्म ,जप, तप र शुभ तथा मंगल कार्यले अत्यन्तै पुण्य प्राप्त गरिने र सम्पुर्ण मनोरथ पुरा धार्मिक विश्वास रहेको छ।
अक्षय तृतियाका दिन भगवान विष्णुको साथ साथै महालक्ष्मीको पुजा र मन्त्रजप गर्दा धन र संवृद्धीसंग जोडिएका सम्पुर्ण समस्या हल हुन्छन् भने झैझगडा र अशान्तीपनि टाढा भाग्ने धर्मशास्त्रमा बताइएको छ।
यहाँ लक्ष्मीपति विष्णु र माता लक्ष्मीलाई खुसी पार्ने सामान्य तथा चमत्कारी पुजा र मन्त्र प्रस्तुतु गरिएको छ। यो तरिकाबाट विष्णु र
लक्ष्मी र विष्णुको सामान्यमात्रै पुजा गर्दा पनि घरपरिवारबाट दरिद्रता अन्त्य हुने मात्रै होइनन् धन आम्दानी र बचतका सम्पुर्ण समस्याबाट
मुक्ति पाइन्छ।
धन कमाउने चाहने र धनको अत्यन्तै खाँचो भएकालाई पनि यो पुजाविधी र मन्त्री जो यहाँ तल प्रस्तुत गरिएको छ रामवाण सावित हने
शास्त्रमा उल्लेख छ।
अक्षय तृतियाको दिन भगवान विष्णु र देबी लक्ष्मीको पुजा गर्ने तरिका यस प्रकार छ
पुजा भन्दा पहिले कुनै पवित्र नदिमा गएर वा नदिको पानीले स्नान गर्नुस
घरमा वा मन्दिरमा भगवान विष्णुलाई पहेलो फूलर पहेलो रेशमी कपडा चढाउनुस भने लक्ष्मीको घरमै रहेको फोटो वा मन्दरिमा रातो फुलर रातो कपडा चढाउनुस ।
भगवान विष्णु र माता लक्ष्मीलाई सकेजतिको फलफूल र मिठाइ चढाउनुस ।
पुजा सकेपछि भगवान विष्णु र माता लक्ष्मीलाई प्रसन्न गर्ने तल प्रस्ततु गरिएको अत्यन्त सरल मन्त्रको जप गर्नुस..
लक्ष्मी मंत्र –
ॐ महालक्ष्म्यै नम:
विष्णु मंत्र –
ॐ विष्णवे नम:
पुजा र मन्त्रजप पछि माता लक्ष्मी र भगवान विष्णुको आरती गरेर सुख तथा समृद्धीको कामना गर्नुस।
माघ २१, काठमाडौँ। साताको अन्तिम दिन शुक्रबार दुवै खाले छापावाल सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै, ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १ सयले घटेर प्रति तोला ५४ हजार ८ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै, चाँदी तोलामा १० रुपियाँले घटेर प्रति तोला ८ सय रुपियाँमा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार २ सय ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४६ हजार ९ सय ८५ रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८ रुपियाँ तोकेको छ ।
बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएका छन्।
काठमाडौं, १८ माघ — माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । भोलि बुधवार वसन्त पञ्चमी परेको छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा गरिन्छ ।
पूजनविधि
वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइन्छ ।
बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस् । अनि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस् ।
पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् । माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन् ।
सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।
शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा(पुस्तक(धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।
मूल मन्त्रद्वारा देवी सरस्वतीको पूजा
प्रत्येक देवीदेवताको एक मूल मन्त्र हुन्छ । यही मन्त्रबाट उनीहरूको आवाहन गरिन्छ । यी मन्त्र विशेष रूपमा सिद्ध हुन्छन् । देवी सरस्वतीको अष्टाक्षर बीज मन्त्र हो – श्रीं ह्रीं सरस्वत्यै स्वाहा । देवीको पूजा गर्दा तथा नैवेद्यादि अर्पण गर्दा यस मन्त्रको जाप गर्नुपर्छ । अनि सरस्वती पूजनको समयमा तल लेखिएका श्लोकले भगवतीको ध्यान गर्नुस् :
सरस्वती शुक्लवर्णां सस्मितां सुमनोहराम्।।
कोटिचंद्रप्रभामुष्टपुष्टश्रीयुक्तविग्रहाम्।
वह्निशुद्धां शुकाधानां वीणापुस्तकमधारिणीम्।।
रत्नसारेन्द्रनिर्माणनवभूषणभूषिताम्।
सुपूजितां सुरगणैब्र्रह्मविष्णुशिवादिभि:।।
वन्दे भक्त्या वन्दिता च मुनीन्द्रमनुमानवै:
दैनिक भास्करबाट
ज्वानोलाइ हामी एक मसलाका रूपमा प्रयोग गर्दछौं । यो एक उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढि गरिन्छ तरपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा महिलाहरूका लागी भने धेरै गर्ने गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि ज्वानोको प्रयोगलाइ निकै लाभदायक मानिएको छ । ज्वानोले पाचनशक्ति बढाउँने मात्र भनै हानीकारक जीवाणु एवम् कृमिनाश गर्दछ । यसले वायुविकार हटाउँछ । गर्मी, सर्दी दुबै मौसममा अनुकुल हुने ज्वानोले मानिसहरूलाइ धेरै फाइदा पुर्याउँदछ । ज्वानोको प्रयोग पेटको दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्नका लागी गर्दा फाइदाजनक हुने गर्दछ । आयुर्वेदमा त ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा लेखिएको पाइनछ ।
ज्वानोले हाम्रो शरिरलाइ प्रदान गर्ने फाइदाहरुः
हामीलाइ पेट दुखेमा ज्वानोपानी पकाएर थोरै नून मिसाएर खाएमा पेट दुखेको कम हुन्छ । पेट फुलेको बेलामा पनि भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने समस्या ठिक हुन्छ । कुनैपनि महिला सुत्केरी हुदाँ दूध कम भएमा ज्वानोको प्रयोग बढी गर्नाले महिलाको स्तनमा दूध बढ्दछ ।
महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुने गर्दछ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम रहेको हुन्छ, जसले गर्दा क्याल्सियम बढी आवश्यक पर्ने बालबालिकाहरू, बुढाबुढी तथा सुत्केरीहरूले ज्वानोको नियमित प्रयोग गरेमा फाइदा हुने गर्दछ । ज्वानोको प्रयोग गरि झोल बनाएर खान सकिन्छ । त्यस्तै तरकारी एवम् भात, रोटी तथा अन्य खानेकुरा आदिमा पनि ज्वानोको प्रयोग गर्न सकिन्छ ।
पौष शुक्ल पूर्णिमाका दिन शनिबार हिन्दू धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गरेका छन् । एक महिने ब्रतका क्रममा घर घरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
अवसरमा राजधानीदेखि १७ किमी उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले पनि स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रुपमा यो नेपाली समाजमा प्रचलित छ ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
एकतीस अध्याय रहेको श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।
राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणीबहालभित्र समेत छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लका पालामा नेसं ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।
व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । कसैले पनि अभिमान र अवहेलना गर्न नहुने जस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट चित्रण गर्न खोजिएको छ ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्छ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । यस वर्ष साँखुमा नित्य व्रत बस्ने महिला २२४ र पुरुष २१ जना छन् ।
शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्ण्मिादेखि माघ शुक्ल पूर्ण्मिासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको मेला मूल आयोजक समितिका अध्यक्ष दिलीप श्रेष्ठले बताए । ‘स्कन्दपुराण’को केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।
‘मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो’ उनले भने ।
मेला मूल आयोजक समितिका अनुसार भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनाका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष २० लाख भक्तजनले मेला भरेकामा यस वर्ष इन्धन अभावका कारण यातायातको असुविधाले गर्दा केही केही मात्रामा भक्तजन घट्न सक्ने छन् ।
Source :anandamritnews
प्याजखाने हरुको लागि खुसीको खबर , यस्ता छन आश्चार्यजनक फाईदाहरु !
एजेन्सी । काठमाडौं लगायत देशका विभिन्न भागमा विस्तारै विस्तारै जाडो बढ्दै गएको छ। जाडोको मौसममा शरीरको हेरचाह कसरी गर्ने भन्ने बारेमा धेरैले सोचिरहेका हुन्छन्। जोडो मौसममा के खाँदा उपयुक्त हुन्छ भनेर मानिसहरुले जाडोको खानाहरु खोजिरहेका हुन्छन्। जाडोमा हरियो प्याज एकदमै फाइदाजनक चीज हो। यसले हाम्रो शरीरलाई धेरै नै पाइदा पुर्याइरहेको हुन्छ। सय ग्राम हरियो प्याजमा ३२ ग्राम क्यालोरी रहेको हुन्छ। जसले आफ्नो तौल घटाउन चाहन्छ उसको लागि हरियो प्याज खानु निक्कै फाइदाजनक छ। यसले मानिसको शरीरमा रहेको कोलेस्ट्रोलको मात्रा पनि कम गर्ने गर्दछ।
हरियो प्याजका १० फाइदाहरु यस प्रकार छन्:
१. हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ।
२. मुटुको रोग हुनबाट बचाउँछ र कोलेस्ट्रोलको मात्रा घटाउँछ।
३. यसमा भिटामिन सी को मात्रा धेरै हुने भएकाले कमजोरी हटाउँछ र भरपूर शक्ति प्रदान गर्दछ।
४.हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा सुधार ल्याउँछ।
५. हरियो प्याजमा सल्फरको मात्रा कम हुने भएकाले यसले मानिसको ब्ल्डप्रेशरलाई कम गर्दछ।
६. यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्याउँछ।
७. यसमा एन्टी ब्याक्टेरियल गुण भएकाले यसले रुघाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ।
८. यसमा पेक्टिन नामक तत्व पाइन्छ जसले क्यान्सर हुनबाट बचाउँछ।
९. यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ।
१०. हरियो प्याजमा भिटामिन ए समेत रहेको हुँदा यसले आँखाको ज्योति बढाउनुका साथै रतन्धो हुनबाट पनि जोगाउँछ।
रगतबाट मानव शरीरका सबैतिर रहेका कोषहरुमा आवश्यक पौष्टिक पदार्थ, अक्सिजन लगायतका पदार्थ पुग्ने गर्छन् । रगतले शरीरका हरेक अंगलाई आवश्यक पर्ने पौष्टिक तत्व ढुवानी गर्ने काम गर्छ । तर, विभिन्न कारणले मानव शरीरमा रगतको अभाव हुने गर्छ । यस्तो बेला अरुबाट रगत निकालेर लिन सकिन्छ ।
मानव शरीरका अंग प्रत्यारोपण जस्तै रगत निकाल्ने र दिने प्रक्रिया पनि एउटा प्रत्यारोपण नै हो । कुनै पनि ठोस अंगलाई एउटा व्यक्तिबाट अर्कोमा सार्दा अंग प्रत्यारोपण भनिन्छ भने रगत तरल अवस्थामा हुने भएकाले रक्तप्रसार एवं बोलीचालीको भाषामा रगत दान भन्ने गरिन्छ । वैज्ञानिकहरुले हालसम्म कृत्रिम रगत बनाउन सकेका छैनन्, जसले गर्दा एक व्यक्तिबाट रगत निकालेर अर्को व्यक्तिलाई दिनुको विकल्प छैन ।
एउटा स्वस्थ व्यक्तिबाट लिइएको रगतलाई प्राविधिक रुपमा परीक्षण गरी आवश्यकता अनुसार बिरामीलाई उपलब्ध गराइन्छ । नेपाल रेडक्रस सोसाइटीले देशभर यो सेवा आफ्ना ब्लड बैंकमार्फत उपलब्ध गराइरहेको छ । शल्यक्रियाका क्रममा, दुर्घटना वा चोटपटकमा, सुत्केरी गराउँदा, विभिन्न रोग (पेप्टिक अल्सर, कलेजो र फोक्सोका रोगहरु) का बिरामीलाई रगत आवश्यक पर्छ । यस्तै, क्यान्सरका रोगीहरु, रगतसम्बन्धी रोगहरु (हेमोफेलिया, एनिमिया, थेलेसिमिया) भएका बिरामी, जलेका बिरामीलाई पनि रगत दिनुपर्नेहुन्छ ।
रगतमा हुने तत्वहरुको काम फरक–फरक हुन्छ । रातो रक्तकोषले फोक्सोबाट अक्सिजनलाई शरीरका कोषहरुमा पु¥याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ । सेतो रक्तकोषले रोगसँग लड्ने र शरीरको प्रतिरक्षा गर्छ । यस्तै, प्लेटलेट्सले रक्तस्राव भएमा रगत जमाउन मद्दत गर्छ । रगत नभएमा मानव मस्तिष्क ४ मिनेटमा र मुटु ६ घण्टामा निस्क्रिय हुन्छ ।
कसरी बनेको हुन्छ रगत ?
रगतमा विभिन्न ‘कम्पोनेन्ट’हरु हुन्छन् । रगतमा सेल (कोष) हरुको हिस्सा करिब ४५ प्रतिशत हुन्छ भने बाँकी प्लाज्मा (विभिन्न खालका तरल पदार्थ) हुन्छ । ब्लड बैंकले सेल पार्ट मात्रै चाहिने बिरामीका लागि सेल पार्ट उपलब्ध गराउँछ । प्लाज्मा चाहिनेलाई प्लाज्मा । छुट्टै स्पेसन मेसिनहरुबाट ती पार्टलाई छुट्याइन्छ । त्यसका लागि विभिन्न प्राविधिक चरण पार गर्नुपर्ने हुन्छ । रगतको सेलहरुमा राता रक्तकोष (रेड ब्लड सेल– आरबिसी), सेता रक्तकोष (ह्वाइट ब्लड सेल– डब्लुबिसी), न्युट्रोफिल, इओसिनोफिल, बेसोफिल, मोनोसाइट र लिम्फोसाइट हुन्छन् । त्यसैगरी, प्लेटलेट्स पनि सेलहरुमै हुन्छ ।
प्लाज्मामा पानी, खनिज जस्ता तरल पदार्थका साथै प्रोटिक, अलब्लुमिन, ग्लोब्युलिन, फिब्रिनोजिन, क्लौटिङ जस्ता पदार्थ हुन्छन् । मानिसको शरीरको हड्डीभित्र हुने मासी (बोनम्यारो) मा रगत बन्दछ । रगत बनाउन आइरन, फोलिक एसिड लगायतका भिटामिनहरु आवश्यक पर्छ ।
ब्लड बैंकमा रगत लिन आउनेहरुले बोलिचालीको भाषामा ह्वाइड ब्लड र रेड ब्लड माग्छन् । आरबिसी भएको रगत नै रेड ब्लड हो । अस्पतालहरुले त्यसलाई ‘ब्याकसेल’ भनेर सिफारिस गर्छन्, जसमा आरबिसी कन्टेन्ट हुन्छ ।
आरबिसी निकालिएको ब्लड ‘प्याक सेल’मा गएको हुन्छ । बाँकी बँचेको प्लाज्मालाई ‘ह्वाइट ब्लड’ भनेर बुझिन्छ । त्यसमा धेरै कम्पोनेन्ट हुन्छन्, बिरामीलाई आवश्यक पर्ने अवस्थामा ब्लड बैंकले ती कम्पोनेन्ट निकालेर उपलब्ध गराउँछ ।
अर्को कम्पोनेन्ट भनेको ‘होल ब्लड’ हो । एउटा रक्तदाताबाट सिंगल ब्यागमा लिइएको ३५० मिलिलिटरको रगत नै होल ब्लड हो । त्यसबाट कुनै पनि कम्पोनेन्ट निकालिएको हुँदैन । जसरी रगत निकालिएको हुन्छ, सबै कन्टेन्ट त्यसमा रहन्छ ।
डा. प्रकाश यादव
रगतको समूहकरण किन ?
रगतलाई विभिन्न समूहमा विभाजन गरिएको हुन्छ । मेडिकल अनुसन्धानले रगतलाई दुई आधारमा विभाजन गरेको छ । एउटा एबिओ र अर्को आरएच । एबिओमा चार वटा रक्त समूह हुन्छन्, ए, बि, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारै वटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ । यसरी हेर्दा, हामीले रगतलाई आठ वटा समूहमा विभाजित भएको पाउँछौं । हामी जति पनि व्यक्ति छौँ, यही आठ वटा समूहमा परेका हुन्छौँ ।
कसैले आफ्नो रगत समूह एबी पोजेटिभ भन्छ भने एबी भन्ने शब्दाबली एबिओ सिस्टमबाट आएको हो भने पोजेटिभ भन्ने शब्दाबली आरएच सिस्टमबाट आएको हो । त्यसैले बिरामीको रगत ए पोजेटिभ छ भने उनीहरुलाई ए पोजेटिभ रगत नै दिनुपर्छ ।
बिरामीलाई कुनै किसिमको खतरा नहोस्, रक्त प्रसारमा कुनै समस्या नआओस, त्यो रगतलाई राम्रोसँग शरीरले स्विकार गर्न सकोस् भनेर यसो गरिएको हो । त्यसैले समूहगत रुपमा रक्तदान र प्रसारको अवधारणा आएको हो ।
कुनै बिरामीलाई फरक समूहको रगत दान गरियो भने त्यो म्याच नभई रियाक्सन हुन सक्छ । उसको शरीरले रगत स्विकार गर्दैन र क्षति हुन सक्छ । हेमोग्लोविनहरु फुट्ने अवस्था आउन सक्छ । रगत म्याच नगरे हेमोलाइसिस भएर बिरामीलाई जन्डिस हुन सक्छ । कतिपय अवस्थामा एनाफिलाटिक स्ट्रोक भएर मानिसको ज्यानै जाने हुन सक्छ ।
हामीकहाँ ‘युनिभर्सल डोनर’ र ‘युनिभर्सल रिसिपिएन्ट’को अवधारणा पनि छ । त्यो अवधारणा अनुसार निश्चित समूहको रगत अरुलाई दिन मिल्छ भने निश्चत समूहकाले अरु कसैको पनि लिन मिल्छ । तर, रक्त प्रसारमा भने सकभर र जसरी पनि उही समूहको रगत उपयुक्त मानिन्छ । आकस्मिक र कठिन परिस्थितिमा मात्रै बिरामीको रगतको समूह नमिले युनिभर्सल डोनर र युनिभर्सल रिसिपिएन्टको सिद्धान्त लागू गरिन्छ । तर त्यसका लागि पनि चिकित्सकहरुको सिफारिस भने अनिवार्य छ । तर, अरु सामान्य अवस्थामा उही समूहकै रगत दान गर्ने गरिन्छ ।
हामीले रगत दिने बेलामा ‘क्रस म्याच’ गर्छौं । त्यो भनेको बिरामीको रगत र दाताले दिने रगतको नमूना म्याचिङ हो । परीक्षणकै क्रममा म्याच भएन भने रगत दिन मिन्दैन । किनभने भोलि बिरामीको शरीरमा पुगेपछि नकारात्मक प्रतिक्रिया हुन्छ र बिरामीको ज्यान पनि जान सक्छ । उही समूहलाई रगत दिँदा पनि हामीले क्रस म्याच गर्नैपर्छ ।
कस्तो रगतको सिफारिस ?
कहिलेकाहीँ डाक्टरले ‘फ्रेस ब्लड’को सिफारिस पठाएका हुन्छन् । निकालेको ६ घण्टाभित्रको अवस्थालाई ‘फ्रेस ब्लड’ मानिन्छ । डाक्टरले बिरामीलाई ६ घण्टाभित्र रगत लिएर आउनु भनेर पठाएपछि काठमाडौँको जाम, धुलो, अस्तव्यस्ततामा दौडेर आफन्त ब्लड बैंकमा आइपुग्छन् । उसले भनेको बेलामा उही समूहको रगत, त्यो पनि तत्काल निकालेको अवस्थाका पाउन निकै कठिन पर्छ । ब्लड बैंकमा स्टोरेज गरिएको रगत मात्रै सहजै पाइन्छ । चाहिएको समूहको रगत त्यो पनि तत्काल दाताबाट निकालेर दिने कुरा सितिमिति सम्भव हुँदैन । त्यसैले व्यावहारिक रुपमा कहिलेकाहीँ बिहान निकालेको रगत दिनभर पनि फ्रेस नै मानेर दिनुपर्ने अवस्था छ । बिरामीलाई आवश्यक पर्नासाथ उही समूहको दाता खोज्नु, रगत निकाल्नु, बिरामीको आफन्तले त्यसलाई अस्पतालमा लगेर ६ घण्टाभित्र बिरामीलाई दिनु निकै चुनौतीपूर्ण काम हो ।
निरन्तर रक्तस्राव भइरहेको बिरामीलाई प्रायः फ्रेस ब्लड माग गर्ने चलन छ । किनकि फ्रेस ब्लडमा सबै कम्पोनेन्टहरु उपलब्ध हुन्छन् । सबै कम्पोनेन्टयुक्त रगतमा रहेको प्लेटलेट्सले पनि काम गर्छ, प्लाज्मा पनि सहज रुपमा उपलब्ध हुन्छ । प्रोटिन र फाइब्रोजिनहरु पनि सहज रुपमा उपलब्ध हुन्छ । एउटै युनिटबाट धेरै कम्पोनेन्ट पाउने भएकाले कतिपय क्रिटिकल अवस्थाका बिरामीका लागि फ्रेस ब्लड खोजिन्छ ।
रगतको निश्चित आयु हुन्छ । आरबिसीको आयु करिब ३ महिना हुन्छ भने डब्लुबिसीको केही घण्टादेखि एक सातासम्म हुन्छ । प्लेटलेट्सको आयु पनि केही दिन मात्रै हुने भएकाले आयु नसकिँदै स्टोरेज गरेका रगतका कम्पोनेन्ट माग अनुसार बिरामीलाई उपलब्ध गराइन्छ । फ्रेस बाहेकको अवस्थामा कम्पोनेन्ट थेरापीमा गइसकेपछि भने बिरामीलाई जुन खालको तत्व चाहिने हो, त्यही मात्र दिने चलन हुन्छ । यसले गर्दा अरु कम्पोनेन्टको वचत हुन्छ र अन्य बिरामीका लागि उपयोग गर्न सकिन्छ ।
रगतको कुनै कम्पोनेन्ट मात्रै माग हुन्छ भने बिरामीको केसका आधारमा डाक्टरहरुले निर्णय गरेर सिफारिस गर्छन् । उदाहरणका लागि कलेजोसम्बन्धी रोगहरुमा प्लाज्माको माग बढी हुन्छ । रगत सम्बन्धी रोगहरु थालेसेमिया, एनेमिक पेसेन्टहरुको केसमा आरबिसीको माग बढी हुन्छ । हेमोफेलियामा क्रायोको माग बढी हुन्छ । जलेको÷पोलेको केसमा प्लाज्माको माग हुन्छ । तर यसमा सिफारिसको निर्णय चिकित्सकहरुकै हुन्छ ।
रक्तदान : आवश्यकता, भ्रम र यथार्थ
मानव शरीरमा रगत नश्चित अनुपातमा हुन्छ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । साथै, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । प्रतिकेजीमा पुरुषमा २६ मिलिलिटर र महिलामा करिब १६ मिलिटिर रगत जगेडामा हुन्छ । तसर्थ, एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा ८ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन भन्ने मान्यता छ । रगतदानका लागि कम्तिमा ४५ केजी तौल हुनु अनिवार्य छ ।
रक्तदानसँग जोडिएका विभिन्न भ्रम छन् । तिनै भ्रमका कारण धरै मानिस रगत दान गर्न हच्किन्छन् । तर, रक्तदानसँग सम्बन्धि अफवाहसँग रगतदान गर्ने व्यक्ति डराउनुपर्दैन । ब्लड बैंकले मेडिकल साइन्सले प्रमाणित गरिसकेको प्रक्रियाहरुलाई अपनाएर, परीक्षण गरेर स्वस्थ व्यक्तिबाट मात्रै रगत निकाल्ने काम गर्छ । जाँच प्रक्रियामा सफल नहुनेबाट ब्लड बैंकले रगत निकाल्ने काम गर्दैैन । त्यसैले कुनै व्यक्तिलाई रगतदान गर्न डराउनुपर्ने आवश्यकता छैन ।
रगतदान गरेपछि कमजोर भइन्छ, रगतदाता दुब्लाउँछन् भन्ने गरिएको पनि सुनिन्छ । कतिपय मानिस आफ्नै विवेकले मसँग पर्याप्त रगत छैन भनिरहेका हुन्छन् । यी भ्रमहरु हुन् । रगत निकाल्न मिल्ने अवस्था नभए स्वास्थ्यकर्मीले नै रगत निकाल्दैनन् । रगतदानका लागि व्यक्ति सक्षम छैन भने उनीहरुले जति इच्छा गरे पनि रगत निकालिँदैन । आफैँले म कमजोर छु भन्नु एउटा पाटो होला, तर म कमजोर छु, रगत दिन मिल्दैन भनेर कसैले भन्छ भने, त्यसमा सत्यता छैन । आफ्नो मनमा लागेको कुरा मान्ने कि विज्ञानले प्रमाणित गरेको तथ्यलाई मान्ने, त्यो रगतदाताको निर्णयको विषय हो । व्यक्ति सक्षम भए पनि उसले स्विकृति बिना रगत निकाल्न मिल्दैन ।
स्वस्थ्य व्यक्तिले १८ वर्षदेखि ६० वर्षको उमेरमा जहिले पनि रगतदान गर्न सक्छन् । हरेक ३–३ महिनाको फरकमा रगतदान गर्न सकिन्छ । कोही रोगबाट ग्रसित छन् भने रगत निकाल्न सकिँदैन । उपचार र औषधि सेवन गरिरहेका व्यक्तिको पनि रगत निकाल्न मिल्दैन ।
रगत किन र कहाँ दिने ?
आफूलाई आवश्यक परेको बेला अरुले स्वयंसेवी रुपमा प्रदान गरेको रगत नै काम लाग्ने भएकाले आफू पनि सक्षम हुँदा रगतदान गर्नुपर्छ । त्यसैले रगतदानलाई जीवनदान भनिएको हो । रक्तसञ्चार सेवाको ललितपुरस्थित बालकुमारी कार्यालयमा जुनसुकै व्यक्तिले जतिबेला आएर पनि रगत दिन सक्छन् । साथै, विभिन्न अवसरमा रक्तसञ्चार सेवाले मोबाइल क्याम्प सञ्चालन गरेको हुन्छ । त्यस्ता अवसरबारे केही दिनदेखि नै प्रचारप्रसार हुने भएकाले इच्छुकहरुले त्यहाँ पनि रगत दिन सक्छन् । कतिपय सामाजिक संघसंस्थाले रक्तदानका कार्यक्रमहरु राखेका हुन्छन्, त्यहाँ गएर पनि रगत दान गर्न सकिन्छ ।
(केन्द्रीय सक्तसञ्चार सेवाका उप–निर्देशक यादवसँगको कुराकानीमा आधारित । यादव इन्टरनल मेडिसिन÷रिमाटोलोजीमा एमडी हुन् ।)
