-->
दन्तकालीको महत्व तथा उत्पत्ति

माघ १२, आनन्द अमृत, काठमाडौं । दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्तपतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । सतिदेवीको मृत अंक पतन भएका स्थानमा एक/एक शक्ति पीठ उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । सतिदेवीको अंग पतन भएको यस स्थानमा दर्शन गर्नाले मनोकामन पूर्ण हुने तथा शक्ति र प्रभावशाली बनिने जनविश्वास रहि आएकोछ ।
देवी तथा दुर्गा मन्दिरहरूमध्ये पनि शक्तिपीठ मानिने पुराणमा वणिर्त मन्दिरहरूलाई विशेष महत्व दिइन्छ । हुन त सबै देवी मन्दिर शक्तिपीठ नै हुन् तथापि सतीदेवीको अंग पतन भएर उत्पत्ति भएका मन्दिरलाई मात्र शक्तिपीठको मान्यता प्राप्त छ । स्कन्द पुराणअनुसार सत्ययुगमा भगवान् शंकरकी अर्धा्ङ्गिनी सतीदेवीको मृत्युपछि शक्तिपीठहरू उत्पन्न भएका हुन् । पिता दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा आफ्ना पति महादेवको निन्दा भएको कुरा सहन नसकी सतीदेवीले यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरिन् । त्यसपछि महादेवले आफ्ना गणहरूद्वारा उक्त यज्ञ विध्वंश गरी दक्षलाई सजाय दिएपछि मृत सतीदेवीलाई बोकेर जहाँतहीँ हिँड्न थाले । यसरी हिँड्दा सतीदेवीका अंग बिस्तारै झर्दै जान थाले र जहाँ(जहाँ सतीदेवीका अंग पतन भए त्यहाँ(त्यहाँ एक(एकवटा शक्तिपीठ, महादेव र योगिनी उत्पत्ति भए । विश्वभरमा यस्ता शक्तिपीठ ५२ वटा भएको बताइन्छ ।
नेपाल एकिकरण पूर्व बिजयपुर राज्य का सेन वंशी राजा हरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा परापूर्वकाल देखि उत्तिकै महत्वकासाट हेरिएको छ ।
दन्तकाली1
दन्तकालीको मन्दिर वि.सं. २०३५/३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । शक्ति पीठ भएकाले माघ महिनामा विशेष मेला लाग्छ । श्रीस्वस्थानीमातामो व्रत आरम्मदेखिनै यो मन्दिरमा घुइचो लाग्दछ । दशैको नौरथाभरि यो मन्दिरमा खुट्टा टेक्ने ठाउँसम्म पनि हुँदैन । यस वाहेक अन्य पूर्णिमा, अष्टमी, एकादशीमा पनि यहाँ मेला भर्न टाढा टाढाबाट भक्तजनहरु आउने गरेको पाइन्छ ।
विजयपुरको दन्तकलीबाट धरानबजारको रमणीय दृश्य देख्न सकिन्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि देख्न सकिन्छ । तसर्थ दन्तकाली धार्मिक रूपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महत्वपूर्ण छ ।
दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या र भताभङ्गे विजयपुरका रमणीय तथा भ्रमण गर्न योग्य स्थानहरू हुन् । यसबाहेक सम्पूर्ण विजयपुरनै पर्यटकीय दृष्टिले महत्वपूर्ण छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.