काठमाडौं, १८ माघ — हुन त यस धर्तीमा अनेकौं चमत्कार देख्न पाइन्छ तर शिवलिंगबाट तुलसीको सुगन्ध आउँछ भनी तपाईंले कहिल्यै सुन्नुभएको छैन शायद । भारतको छत्तीसगढ राज्यको सिरपुरमा उत्खननका क्रममा भेटिएको यो अनौठो शिवलिंग करीब दुई हजार वर्ष पुरानो भएको अनुमान गरिन्छ ।
यो शिवलिंग काशी विश्वनाथ र महाकालेश्वर जस्तै चिल्लो छ । यस अनौठो शिवलिंगको नाम गन्धेश्वर महादेव राखिएको छ ।
अचम्मको कुरा शिवलिंगमा जनै लगाइएको छ । लिंगका साथसाथै केही सिक्का र ताम्रपत्रहरू भेटिएका छन् ।
शिवलिंगमाथि केही रेखाहरू देखिन्छन् ।
सबभन्दा अचम्मको कुरा त शिवलिंगबाट तुलसीको सुगन्ध निस्कन्छ । टाढाटाढासम्म पनि सुगन्ध फैलिन्छ ।
शिवलिंगको दर्शन मात्रले मनोकामना पूरा हुने भक्तहरू विश्वास गर्छन् । यो चार फीट अग्लो र २.५ फीट गोलो छ ।
अनि दिनको तीनचारचोटि यसको रंग बदलिन्छ । टाढाटाढाबाट मानिसहरू यसको दर्शन गर्न आउँछन् ।
पञ्जाब केशरीबाट
मंगलवार, माघ १८, २०७३ मा प्रकाशित

0 comments
प्रतिक्रिया दिनुहोस्...