बी ( B ) अक्षरबाट नाम शुरू हुने व्यक्तिहरू संवेदनशील, प्यारा, केयरिङ र क्युट हुन्छन् । यिनीहरू रोमान्टिक हुन्छन् अनि सेक्स लाइफमा भरोसा गर्छन् । प्रायः उनीहरू प्रेमविवाह गर्छन् ।
सामान्यतया: यस्ता व्यक्ति मुर्ख हुन्छन उनीहरु आफ्नो बिचारमा अडिक रहन्छन भने आफ्नै सोचमा दुबी बस्ने गर्छन। उनीहरु सजिलै अरुलाई विश्वास गर्दैनन् यिनीहरुको साथी पनि थोरै हुन्छन, तर पक्का र गहिरो साथी हुन्छन् । उनीहरुको आफ्नो आत्माविश्वासले जीवनमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्छन।
यिनीहरूका लागि पैसा महत्वपूर्ण हुन्छ । लेनदेन खुब गर्छन् । बि अक्षरबाट नाम शुरु हुने मानिसको सोच विचारले नै अरुको मन जित्न सक्छन। यिनीहरुसंग बहस गरेर कसैले नि जित्न सक्दैन। धेरै पटक स-सानो कुरामा पनि धेरै बहस गर्ने पनि गर्छन।
प्रकृतिप्रेमी हुन्छन् यिनीहरू । हरियाली मन पराउँछन् । स-सानो कुरामा खुशी हुन्छन् । गल्तीबाट छिट्टै पाठ सिक्छन् । सामाजिक कार्यमा भाग लिन्छन् । हिम्मती हुन्छन् । मेहनतमा भरोसा गर्छन् । अलि मूडी हुनाले अरूले यिनीहरूलाई घमण्डी ठान्छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...