-->
फेसबुकका सीईओ मार्क जुकरवर्गलाई पदबाट हटाउने प्रस्ताव

एजेन्सी, २७ माघ – सामाजिक सञ्जाल फेसबुकका कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गलाई पदबाट हटाउने प्रयास भइरहेको छ।
फेसबुकका लगानी कर्ताले कार्यकारी अधिकृत जुकरवर्गलाई पदबाट हटाउनका लागि एक प्रस्ताव ल्याएका छन्। जुकरवर्गलाई हटाउनका लागि ल्याइएको प्रस्तावका लगानी कर्ता एक अनलाइन कन्ज्युमर वाचडाग समअफ यूएसका समेत सदस्य हुन्।
उनले एउटै व्यक्ति कार्यकारी अधिकृत र संस्थापक निर्देशक हुन उपयुक्त नहुने भएकाले त्यसले लगानीकर्ता पछि पछुताउनु पर्ने बनाउछ भदै यस्तो प्रस्ताव अघि सारेका हुन्।
लगानी कर्ताको यस प्रस्तावले जुकरवर्गलाई असर छर्दैन्
हालै यि लगानीकर्ताले ल्याएको प्रस्तावले फेसबुकका कार्यकारी अधिकृत जुकरवर्गलाई केही असर नपर्ने समाचारमा जनाइएको छ। उनीसँग कम्पनीको सबै भन्दा बढी लगानी रहेको छ। उनले दोस्रो संस्थापक निर्देशकसँग मिलेर उक्त प्रस्ताव खारेज गर्न सक्ने समाचारमा उल्लेख छ।
सन् २०१२ सालदेखि जुकरवर्ग फेसबुकको संस्थापक निर्देशकमा सामेल भएका थिए। उनी सामेल भएदेखि फेसबुकले लगातार राम्रो कमाइ गर्दै आएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.