भारतीय भूमिमा पक्राउ परेको एक पाकिस्तानी परेवा हिरासतबाट उम्किए पछि भारतीय सुरक्षाकर्मी चिन्तित भएका छन्।
छिमेकी मुलुक पाकिस्तानबाट भारतीय भूमिमा जासुसी कार्यमा प्रयोग गरिएको भन्दै उक्त परेवालाई भारतीय सुरक्षाकर्मीले मंगलबार पक्राउ गरेका थिए।
त्यसपछि उक्त परेवालाई पंजावको श्रीनगर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो।
भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार बन्दि बनाइएको उक्त परेवालाई त्यहाँका एक प्रहरीले उत्सुकता पुर्वक हेर्न पिंजडा खोल्ने बित्तिकै परेवा उम्किएको थियो। त्यसपछि उक्त परेवा पाकिस्तान तर्फ नै उडेको थियो।
परेवा भागेपछि प्रहरीले भारतीय जासुसी निकायलाई खबर गरेका थिए। उक्त परेवामा ‘जनबाज खान ५५४७’भन्ने ट्याग र एउटा फोन नम्बर भएको संचार माध्यमले बताएका छन्।
पाकिस्तानले जासुसी प्रयोजनका लागि चराहरु भारत पठाउने गरेको भारतले आरोप लगाउने गरेको छ। विगतमा पनि भारतले त्यस्ता धेरै चराहरु पक्राउ गरेको थियो।
काठमाडौं । नायिका रेखा थापा बेहुली बनेकी छन् । यो सँगै उनको बेहुली बन्ने रहर पनि पुरा भएको छ ।निर्मार्ता एवं निर्देशक छविराज ओझासँगको डिभोर्सपछि एक्लै रहेकी नायिका रेखा थापालाई बेहुली बन्ने रहर लागिरहेको थियो । यतिमात्रै होइन् उनले आफूलाई आमा बन्ने इच्छा लागेको र आगामी वर्षभित्र विहे गर्ने योजना समेत केही समयअघि राप्रपामा प्रवेश गर्दा सुनाएकी थिइन् ।
विहे र आमा बन्ने इच्छा रेखाले जाहेर गरिरहेका बेला उनी सोमबार (आज) उत्तरबाहिनी मन्दिरमा एकाएक बेहुली भेषमा देखिइन् । अपरिचित बेहुलासँग उनी बेहुली बनेको देखेपछि मन्दिरमा फ्यानको एकाएक भीड लाग्यो ।
वास्तवमा उनको विहे फिल्म ‘हिरो रिटन्र्स’ लागि भइरहेको थियो । यसै फिल्मका लागि उनी अभिनेता दिल श्रेष्ठको दुलही बनेकी हुन् । दुलही बनेर उनले फिल्मका लागि केही दृश्य छायाँकन गरेकी थिइन् । यद्यपी त्यहाँ उपस्थित फ्यानलाई भने साच्चिकै विहे भइरहेको अभास भइरहेको थियो ।फिल्ममा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ ।