प्रदेशबाट नेपालमा पैसापठाउदै हुनुहुन्छ भने हेर्नुहोस आजको बिनिमय दर ! नेपालराष्ट्रबैङ्कले तोकेको बिदेशीमुद्राबिनिमयदर !
काठमाडौं, १८ माघ। आज सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ८ सय रहेकोमा आज १ सयले बढेर ५४ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि बढेको छ । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ५ सय रहेकोमा आज १ सयले बढेर ५४ हजार ६ सयमै कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा आज कुनै घटबढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भएकोमा आजपनि ८ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
अज्ञात व्यक्तिले ६ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७ चाउलेचौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, ६ वर्षीया रेखा, ८ वर्षीया चन्द्रा र १० वर्षीया पार्वती बिचल्लीमा परेका हुन् ।
द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।
बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताए ।
जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो बिहे गर्न बाध्य भएको मल्लले बताए ।
‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन्’–उनले भने–‘चारै भाइ-बहिनीलाई डोल्पामा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो ।’
गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नाति–नातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् ।
‘मागेर कसरी लालनपालन गर्ने ?’ उनले भनिन्–‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठालो गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।
Comm