सफल निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको बिहे कहिले हुन्छ त्यो उनलाई पनि थाहा छैन । तर, हरेक कार्यक्रम वा मिडिया कुराकानीमा दीपाश्रीले बिहेको प्रश्न फेस गर्नुपर्छ ।
उनै, दीपाश्रीलाई काठमाण्डौको सीटी सेन्टरमा आयोजना भएको ‘कायरा रन वे ५’मा पञ्चेबाजा बजाएर स्वागत गरिएको छ ।
दीपाश्रीलाई कसरि लगियो स्टेजमा, भिडियो हेर्नुहोस्ः
स्टेजमा शो स्टपरको रुपमा दीपाश्री पुग्दा उनलाई पञ्चेबाजाले स्वागत गरियो । पञ्चेबाजा अघिअघि, दीपाश्री पछिपछि देखिइन् । दीपाश्रीलाई बेहुली शैलीमा फेसन शोमा उतारिएको थियो । ४० बर्ष कटिसक्दा पनि दीपाश्रीले बिहे गरेकी छैनन् । यसैले, अनलाइनखबरको प्रस्तुतीमा यो ‘कायरा रन वे’ आयोजना गरिएको हो ।
स्टेजमा शो स्टपरको रुपमा दीपाश्री पुग्दा उनलाई पञ्चेबाजाले स्वागत गरियो । पञ्चेबाजा अघिअघि, दीपाश्री पछिपछि देखिइन् । दीपाश्रीलाई बेहुली शैलीमा फेसन शोमा उतारिएको थियो । ४० बर्ष कटिसक्दा पनि दीपाश्रीले बिहे गरेकी छैनन् । यसैले, अनलाइनखबरको प्रस्तुतीमा यो ‘कायरा रन वे’ आयोजना गरिएको हो ।
धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको करिब तीन वर्ष पहिले कुवेतमा भेट भयो । त्यही भेटको परिणामस्वरुप आइतबार राति बुटवलमा तुलसामाथि सुनीलले एसिड प्रहार गरे । र, सोमबार उनको मृत्यु भयो । सुनिल ज्यानमुद्दामा पक्राउ परे ।
वैदेशिक रोजगारीका लागि कुवेत गएका उनीहरुको कामको सिलसिलामा भेटघाट भएको थियो । भेटघाट र चिनजान बिस्तारै प्रेममा परिवर्तन भयो । परदेशमा भेटिएका दुवै स्वदेशीले अन्तिम श्वाससम्म सँगै बाँच्ने र सँगै मृत्युवरण गर्ने कसम खाएका थिए ।
प्रेम सम्बन्धमा रहँदा रहँदै केही समयपछि उनीहरु अघोषित श्रीमान-श्रीमतीसरह बने । उनीहरुबीचको प्रेम सम्बन्ध शारीरिक सम्बन्धमा रुपान्तरित भयो । जीवनका सबै खुशीहरु आफ्नै पोल्टा परेको सम्झेर उनीहरु परदेशमा रमाउन थाले ।
शंकाले ‘लंका’ जलायो
गैंडाकोटकी सापकोटालाई आफ्नै श्रीमती मानेका धादिङका कोइराला परदेशमा कमाएको सम्पूर्ण रकम सापकोटालाई नै दिन्थे । कोइरालाले प्रहरीलाई दिएको बयानअनुसार आपसी सहमतिमै केही समयपछि तुलसा सम्पूर्ण रकम लिएर स्वदेश फर्किइन् ।
तुलसा स्वदेश फर्किएपछि उनीहरुबीच केही समयसम्म सम्बन्ध राम्रै रह्यो । तर, विस्तारै उनीहरुको सम्बन्धमा तुषारो लाग्न थाल्यो । कोइरालाले सापकोटामाथि अनेकन शंका गर्न थाले ।
आइतबार राति बुटवलमा तुलसामाथि एसिड प्रहार गरेपछि पक्राउ परेका सुनिलले प्रहरीको प्रारम्भिक वयानमा भनेका छन्- ‘विदेशमा मैले कमाएको लाखौं रुपैयाँ तुलसालाई दिएको थिएँ । तर, उनी नेपाल फर्किएपछि धोका दिइन् । मसँग टाढा-टाढा हुँदै जान थालिन् । अन्य केटासँग प्रेम सम्बन्धमा लागिन् । त्यसैले मैले एसिड प्रहार गर्ने योजना बनाएँ ।’
पाखुरामा टाटु खोपेका सुनीलले तुलसामाथि शंका लागेको भने पनि त्यसलाई पुष्टि गर्ने आधार देखिएको छैन । विचरी तुलसा उनले बुटवल जाने प्रस्ताव गर्दा जान तयार भएको र होटलमा सँगै खान र बस्न तयार हुनुले सुनिलको दाबीलाई खण्डन गर्छ ।
तुलसाले उनलाई धोका दिएको भए त्यसरी राति होटलमा सँगै बस्न जाने नै थिइनन् ।
काठमाडौंबाटै एसिड बोकेर बुटवलतिर
विदेशमा रहेका सुनिल केही समयअघि स्वदेश फर्किए । र, तुलसालाई हानी पुर्याउने आपराधिक एवं जंगली उद्देश्यले योजनावद्ध रुपमा काठमाडौंबाट बियरको बोतलमा एसिड लिएर बुटवल पुगे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डे भन्छन्- सुनिल तुलसालाई हानी पुर्याउने उद्देश्यले काठमाडौंबाट धादिङ नौबिसे हुँदै बुटवल आएको देखिन्छ ।’
डीएसपी पाण्डे भन्छन्-‘कोइराला काठमाडौंबाट पहिला तुलसाको घर गए र तुलसालाई घुम्न जान प्रस्ताव गरे ।
तर, तुलसालाई पनि सुनिलमाथि केही शंका थियो । त्यसैले उनले एक्लै नजाने, गए पनि आफ्नी सानीमा देवी खरेललाई साथमा लैजाने प्रस्ताव गरिन् । एउटी अवला नारीले यस्तो सोच्नु स्वाभाविकै थियो ।
कोइराला पनि तुलसाको प्रस्तावमा सहमत भए । र, तीनैजना गैंडाकोटबाट बुटवलतिर लागे ।
बुटवल उपमहानगरपालिका-६ स्थित मेरीडियन होटलको कोठा नम्बर १०३ मा सुनिल र तुलसा बसे । कोठा नम्बर १०४ तुलसाकी सानीमा देवी खरेल बसिन् ।
मदिरा खुवाएर एसिड प्रहार
होटलको कोठा नम्बर १०३ मा दुवैजना बसेपछि उनीहरुले मदिरा सेवन गर्नुका साथै र शारीरिक सम्बन्धसमेत राखेको प्रहरीको भनाइ छ । मदिरा सेवनपछि तुलसा लठ्ठ भइन् । तर, सुनिलले तुलसाभन्दा कम मदिरा सेवन गरेका कारण उनी होसमै थिए ।
मध्यरातसम्म मदिरा सेवन गरेर तुलसा लठ्ठ भएपछि सुनिलले अब बियर खाउँ भन्दै आफ्नो झोलाबाट एसिडले भरिएको बियरको बोतल निकालेर तुल्सामाथि खनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पाण्डेले अनलाइनखबरलाई बताए ।
अनुहार र शरीरका विभिन्न भागमा परेको एसिडले तुलसा चिच्याउन थालेपछि सानीमा र होटलका कर्मचारीहरु उठेर आए । त्यसलगत्तै उनीहरुले सुनिललाई पक्राउ गरेर प्रहरीलाई खबर गरे । र, सुनिल पक्राउ परे ।
पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र तुलसाकी सानीमा खरेललाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
एसिड हानेर भारत जाने योजना
होटलमा पुग्नासाथ सुनिलले होटल बिहान कति बजे खुल्छ भनेर सोधेका थिए । आफू राति नै बाहिर जानुपरेमा होटल खुल्छ कि खुल्दैन भनेर उनले होटलवालासँग चासो राखेका थिए ।
पक्राउ परेका सुनिलको साथबाट प्रहरीले ३ हजार भारतीय रुपैयाँ मात्रै फेला पारेको छ । होटलमा सुनिलको प्रश्न र उनीबाट फेला परेको भारतीय रुपैयाँलाई प्रहरीले जोड्दा घटना गराएर उनी भारततिर भाग्ने योजनामा रहेको डीएसपी पाण्डेले बताए ।
चीनको एक मसाज पार्लरमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनको पुर्वी झेजिङमा स्थानीय समय अनुसार आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।
मृत्यु भएका मध्ये आठ जनाको घटनास्थलमै र बाँकी १० जनाको अस्पतालमा लगेपछि मृत्यु भएको जनाइएको छ ।
चीनिया सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको आगलागीको भिडिओमा आगलागीमा परेकाहरुले जीवन जोगाउन पटकपटक भाग्ने प्रयास गरेको तर असफल भएको देखिएको छ ।
आगलागीको कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । चीनमा अग्नी सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन । देशभरीका सवैजसो भवनमा आगलागीका बेला बाहिर निस्कनेपर्याप्त ढोकाहरुको व्यवस्था नगरिएको पाइन्छ ।
घटनामा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनको पुर्वी झेजिङमा स्थानीय समय अनुसार आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।
मृत्यु भएका मध्ये आठ जनाको घटनास्थलमै र बाँकी १० जनाको अस्पतालमा लगेपछि मृत्यु भएको जनाइएको छ ।
चीनिया सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको आगलागीको भिडिओमा आगलागीमा परेकाहरुले जीवन जोगाउन पटकपटक भाग्ने प्रयास गरेको तर असफल भएको देखिएको छ ।
आगलागीको कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । चीनमा अग्नी सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन । देशभरीका सवैजसो भवनमा आगलागीका बेला बाहिर निस्कनेपर्याप्त ढोकाहरुको व्यवस्था नगरिएको पाइन्छ ।
खाडी मुलुकहरुमा आकर्षक तलबसहित रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अमन भन्ने मोहमद अजमत अलि साह पक्राउ परे ।
धनुषा मिथिलेश्वर घर भई ललितपुर नकबहिलमा बस्दै आएका २९ वर्षीय साहलाई गत पुस २९ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको थियो ।
सुरुमा ७/८ जनाको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनको खोजी थालेको थियो । तर, उनी पक्राउ परेपछि जे खुल्यो प्रहरी आफैं पनि आश्चर्यमा परेको छ । उनीबाट पीडित भएका ९४ जना अहिले सीआईबीको सम्पर्कमा आइपुगेका छन् र, यो संख्या बढ्ने अनुमान छ ।
प्रहरीले मंगलबार साहबारेमा जानकारी दिँदा ८७ पीडित सम्पर्कमा आएका थिए । तर, मंगलबारसाँझसम्ममा थप ७ पीडित सम्पर्कमा आएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक मनोज नेउपानेले अनलाइनखबरलाई बताए ।
पक्राउ पर्दा नै उनको साथबाट १७७ थान नेपाली नागरिक र ३ भारतीयको राहदानी बरामद भएको थियो । त्यसैले कति जनासम्म ठगिएका रहेछन् भन्ने पत्ता लगाउन प्रहरीले उनलाई सार्वजनिक नगरी जिल्ला अदालत काठमाडौंमा ठगी मुद्धाका म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । साह वैदेशिक रोजगारीका ‘नटवरलाल’ नै देखिएको भन्दै नेउपाने भन्छन्, एक जनाबाट ठगिएकाहरुको यो संख्या निकै ठूलो हो ।’
यस्तो छ उनको ठगी धन्दा
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार अमन भन्ने मोहमद अजमत अलि साह वैदेशिक रोजगार व्यवसायी वा प्रतिनिधि केही पनि होइनन् ।
तर, पनि कतार लगायतका खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने वस्ने व्यवस्था छ भन्दै विभिन्न कम्पनीको नक्कली डिमाण्ड लेटेर देखाएर हिड्थे । उनले विदेश पठाइदिन्छु भन्दै प्रतिव्यक्ति एक लाख १० हजारदेखि ३ लाखसम्म लिइएको पाइएको छ । रकम हात पार्न उनले नक्कली कागजात बनाएर राहदानी लिने र स्वाथ्य परीक्षण समेत गराउने गरेका थिए ।
तर, रकम लिएपछि भने फरार हुन्थे । पीडितले राहदानी र रकम फिर्ता माग्दा धम्क्याउने समेत गरेको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १८ गते मंगलबार,तदानुसार इश्वी सन् २०१७ जनवरी ३१ तारिख – चतुर्थी, मंगल चतुर्थी व्रत, तीलकुन्द चतुर्थी
आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ १८ गते मंगलबार तदानुसार इश्वी सन् २०१७ जनवरी ३१ तारिख, मंगल चतुर्थी व्रत,
तीलकुन्द चतुर्थी, माघ शुक्ल पक्ष चतुर्थी तिथी २७:४५ बजे सम्म चन्द्रमा कुम्भराशीमा १७:१९ बजे सम्म सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकमबाट
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउला । यात्रा कारक दिन रहेको छ । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । –
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको क्षेत्रमा जागर बढ्नाले नयाँ कामको थालनि हुनेछ । बिद्या तथा ब्यापार बृद्यि हुने योग रहेको छ । पारीवारिक झोर झमेला ले सताउनेछ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । बोलिको गलत अर्थ लाग्नाले सामान्य बादबिवादमा फस्न सकिनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
दाजूभाई बिच मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । सानो गल्ति ले साथि भाई टाढिन सक्छन् सजग रहनु होला । अनावश्क खर्चको प्रभाबले मानसिक चिन्ता बढ्न सक्ने सम्भाबना रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य काममा बढि समय ब्यतित हुन सक्छ । मनमा डर रहना ले बिग्रन लागेको काम सप्रने छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणीका कारण आफन्त जन हरु रुष्ट रहलान । खान पानको क्षेत्रमा बिषेश ध्यान पूर्याउनु राम्रै रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारीक सम्बन्ध सुमधुर रहनाले मन प्रशन्न रहला । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । खुट्टतान्ने ब्यक्ति हरुको बृद्धि हुन सक्छ । जिबनसाथिको सहयोगले गरीएको काममा सफलता प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । पराक्रममा बृद्धि हुने योग रहेको छ । प्रतिश्प्रर्दा मुलक कार्यमा हात नहालैकै बेश हुनेछ । बिश्वासीलो ब्यक्ति बाट धोका हुन सक्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन् ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनुरुपको राम्रो फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रै समय समय रहेको छ । बिद्या सफल रहला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धार्मिक क्षेत्रमा रुचि जाग्नेछ । मित्रजनको साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको योग रहेको छ । चिसो सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दिन मध्यम रहला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द, स
साहित्य संगित तर्फ रुचि जाग्ने छ । मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । निर्णय गर्ने क्षमतामा कमि आउनाले स्वास्थ सम्बन्धि समस्याले सताउला । परीश्रम अनुरुपको फल भने प्राप्त हुन सक्ला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्चित रकम खर्चको योग रहेको छ । सामान्य लापरबाहिले मालसामान हराउन सक्ला । साजेदारी तथा नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । शत्रु शबल रहनाले खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुने छ ।








