उमेर बढेपछि बुढ्यौली लाग्नु अस्वभाविक होइन । तर उमेर हुँदै तपाईलाई बुढ्यौली लागेको या भएको भन्दा बढी उमेरको देखियो भने समस्या हुन सक्छ ।
मानिसलाई कसैले बुढो भएको कसैले भने पनि आफू योङ नै छु जस्तो लाग्छ तर अनुहार र छालामा आएको परिवर्तनले त्यसलाई प्रतिविम्बित गर्छ ।
उमेरका कारण मात्र नभइ खानपानका कारण पनि मानिसमा उमेर बढी भएको देखिन्छ । जसका लागि केही खानेकुरा नियमित रुपमा खान जरुरी छ । त्यसो गरियो भने कम उमेरमै देखिएको बुढ्यौली कम गर्न सहयोग पुग्छ ।
सागपातः हरियो सागपातमा क्याल्सियम तथा फोलेट लगायतका आवश्यक तत्वहरु पाइन्छन् । जसले हड्डी मजबुत बनाउन तथा उमेरसँगै आँखामा देखापर्ने कमजोरी हटाउन पनि सहयोग गर्दछ । बन्दा तथा काउलीको नियमित सेवनले क्यान्सर तथा स्मरण ह्रास जस्ता रोगबाट समेत बचाउन सहयोग गर्दछ ।
ओखरः ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा कोलेस्ट्रोल घटाउने, पाचन क्रिया सन्तुलित पार्ने र रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक लवणहरु पनि प्रशस्तै हुन्छन् । त्यसैले ओखरको नियमित सेवनले बुढ्यौलीलाई पर सारिदिन्छ ।
माछाः स्वस्थ फ्याट्टी एसिडको सबैभन्दा भरपर्दो श्रोत हो माछा । माछामा पाइने ओमेगा थ्री फ्याट्टी एसिड लगायतका पौष्टिक तत्वले सरीरलाई स्वस्थ र जवान राख्न सहयोग गर्दछ ।
चकलेटः डार्क चकलेट कोकोआ बिन्सबाट बनेको हुन्छ जसमा पर्याप्त एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । यसले रक्तप्रवाहमा सुधार ल्याउने तथा छालालाई सुख्खा हुनबाट बचाउँदछ र चाउरी पर्न दिँदैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...