-->
यस्तो देखिइन् पंजाबी गीतमा अदिती (भिडियो)

मोडल अदिती वुढाथोकी चाडै नै छायांकनमा जान लागेको चलचित्र ‘कृ’को मुख्य नायिका हुन् । यो चलचित्रमा उनी नायक अनमोल केसीसँग पर्दा शेयर गर्दैछिन् ।
अदिती भारतमा बस्दै आएकाले पनि उनको बारेमा धेरै कुरा नेपाली मिडियामा सार्वजनिक भएका छैनन् । तर, अनमोलसँग रोमान्स गर्न लागेकाले पनि अदिती कस्ती होलिन् ? पर्दामा कस्तो देखिइलिन् भन्ने कौतुहलता दर्शकमा हुनसक्छ ।

ठूलो पर्दामा दर्शकले अदितीलाई हेर्न नपाएपनि उनी एक पंजाबी गीतको भिडियोमा भने देखिएकी छिन् । सन्दिपको आवाजमा समावेश एक पंजाबी गीतमा अदितीले शिवज्योतसँग मोडलिङ गरेकी छिन् । गीतमा, अदिती कस्तो देखिइन्, यो छुट्याउने जिम्मा भने दर्शकको ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.