माघ २६ – लुइस स्वारेजको गोलको मद्दतमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा पुग्यो । बार्सिलोनालाई फाइनलमा पुग्न मंगलबार राति भएको एथ्लेटिको मड्रिडसँगको सेमिफाइनलको दोस्रो लेगमा स्वारेजले गरेको गोल नै निर्णायक बन्यो ।
बराबरीमा रोकिए पनि बार्सिलोना समग्रमा ३–२ को जितसहित फाइनल मा पुग्यो । बार्सिलोनालाई फाइनलमा पुर्याउन सहयोग गरेका स्वारेजले पहिले गोल गरे अनि पछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यो खेलमा दुवै टिमका गरेर तीन खेलाडीले रातो कार्ड पाए । त्यसमा बार्सिलोनाका दुई खेलाडी रहे । ४३ औं मिनेटमा गोल गरेका स्वारेजले ९० औं मिनेटमा दोहोरो पहेँडो कार्ड खाँदै मैदान छोड्नु पर्यो । त्यसअघि ५७ औं मिनेटमा बार्सिलोनाकै सेर्गी रोबर्टो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए सकेका थिए । ६९ औं मिनेटमा यानिक काररास्को दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको पनि १० खेलाडीमा सीमित भयो । एथ्लेटिको लागि ८३ औं मिनेटमा केविन गामेइरोले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । लुकास हर्नान्डेजसँगको ट्याकलका लागि दोहोरो पहेँलो कार्ड पाएका स्वारेज कोपा डेल रेको फाइनलमा खेल्न पाउने सम्भावना छैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...