-->
विवाह गरेका कारण पछुताउनेको संख्या बढ्यो

विवाह गरेर खुसी खुने भन्दा दुखी र वैवाहिक जीवनप्रति असुन्तुष्ट हुनेको संख्या बढ्दै गएको छ ।

बेलायतमा गरिएको एक अध्ययनका अनुसार १ तिहाइ भन्दा बढी मानिसहरु आफ्नो वैवाहिक जिवनप्रति सन्तुष्ट छैनन् अर्थात् उनीहरुलाई आफूले गलत मानिससँग बिहे गरेँ भन्ने लाग्छ ।

१५ सय जना विवाहित बेलायतीमा गरिएको सर्भेक्षण अनुसार ३४ प्रतिशतले विवाहपछि आफ्नो विवाह गर्ने निर्णयमाथि नै प्रश्न उठाउने गरेका छन् र आफुले गलत मानिससँग बिहे गरेको अनुभुति गर्ने गरेका छन् ।

तर जिवनसाथी चित्त नबुझेपनि धेरैलाई सम्बन्ध टुटाइहाल्न भने मन पर्दो रहेनछ । ६३ प्रतिशतले भने आफुले आफ्नो जिवनसाथीलाई कहिल्यैपनि धोका नदिएको र जिवनसाथीप्रति सधै इमान्दार बनेको बताएका छन् ।

त्यस्तै ६० प्रतिशतले आफ्नो जिवनसाथीले आफुलाई झुक्याएर अरु कुनै दोश्रो मानिससँग रोमान्स गरेको थाहा पाएपनि आफुले वैवाहिक जिवन नटुंगाउने बताए । पछिल्लो समय विवाहका कारण पछुताउने जोडीको संख्या बढ्दै गएको अध्ययनले देखाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.