काठमाडौं, १९ माघ — कुकुरहरूलाई गाडी र झाडी खुब मन पर्छ । गाडी किन मन परेको भने एक त त्यसमा उनीहरू मजाले सुत्न पाउँछन् । अनि अर्को कारण चाहिँ उनीहरू गाडीको टायरमा खुट्टो उचालेर सूसू गर्न पाउँछन् । गाडीको टायर भिजाउने कुकुर नदेखेको कसैले छैन ।
कहिल्यै सोच्नुभएको छ, आखिर कुकुरले किन गाडीको टायर वा बिजुलीको खम्बामा तुर्क्याउँछन् ? यसका पछाडि तार्किक कारण छन् ।
कुकुरले पिसाब गर्नका लागि ठडिएका वस्तु खोज्छन् । ठाडो वस्तुमा उनीहरूको निशाना सही जान्छ र उनीहरू सजिलै हल्का हुन पाउँछन् ।
यति मात्र होइन, आफ्नो यस अनौठो क्रियाका कारण उनीहरू अरू कुकुरको नाकको उँचाइमा पुग्ने गरी नै पिसाबको गन्ध छोड्छन् । पिसाबको गन्ध भुइँमा भन्दा अग्लो ठाउँमा लामो समयसम्म बस्छ ।
यसरी सूसू गरेर कुकुरले अरू कुकुरलाई आफ्नो क्षेत्रसँग परिचित गराएको हो । यसको मतलब कुकुरले म यहाँ थिएँ है पनि भनेको हो ।
अनि गाडीको टायरमा अनेकथरी कुरा टाँसिएका हुन्छन् र गन्धप्रिय कुकुरहरूलाई त्यहाँ भरपूर आनन्दका खुराक हुन्छन् । त्यसैले उनीहरू टायरमा झुम्मिन्छन् र त्यहीँ सूसू गरिदिन्छन्

0 comments
प्रतिक्रिया दिनुहोस्...