-->
पाकिस्तानमा ‘रईस’ प्रतिबन्ध हुनुको कारण यस्तो छ

काठमाडौं, २५ माघ– केही दिन अघि मात्रै पाकिस्तानमा भारतीय फिल्ममाथि गरिएको प्रतिबन्ध पाकिस्तानको सेन्सर बोर्डले हटाइएको थियो । त्यसको लगतै ‘काबिल’ फिल्म पाकिस्तानमा रिलिज गरिएको थियो ।
काबिलपछि धेरैले साहरुख खानको ‘रईस’ फिल्म रिलिज हुने अपेक्षा गरेका थिए । तर ‘रईस’ फिल्ममाथि पाकिस्तानी सेन्सर बोर्डले विभिन्न कारण देखाउँदै प्रतिबन्ध गरिएको छ । 

भारत पाकिस्तान तनावका कारण फिल्मका पाकिस्तानी हिरोइन माहिरा खानले भारतमा फिल्म प्रमोटमा सहभागी हुन पाएका थिएनन् । उनको यो पहिलो फिल्म हो । र, उनी चाहिन्थिन् कि उनको यो फिल्म पाकिस्तानका सबै जनताले हेरुन् । 

तर पाकिस्तानका सेन्सर बोर्डले ‘रईस’ फिल्ममाथि प्रतिबन्ध लगाएपछि भने माहिराको यो सपना पूरा भएन । आईएएनएस खबरका अनुसार सोमबार रईस फिल्म रिलिजको तयारी थियो । तर सेन्सर बोर्डले ‘रईस’ फिल्ममाथि नै प्रतिबन्ध लगायो । 

फिल्ममा मुस्लिम समुदायमाथि अनुचित व्यवहार र प्रदर्शन गरिएको भन्दै पाकिस्तान सेन्सर बोर्डले फिल्मको विषयबस्तुलाई लिएर आपत्ति जनाइएको थियो ।
मुस्लिम समुदायलाई क्रिमिनल, आतंकवादी र वान्टेडको रुपमा देखाइएको भन्दै यसले पाकिस्तानको छवि खराब हुन सक्ने भन्दै उक्त फिल्ममाथि प्रतिबन्ध लगाइएको सेन्सर बोर्डले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.