-->
सामूहिक बलात्कारपछि किशोरीको हत्या

सिन्धुलीको रानीवास गाविस २ डाँडाटोलकी १७ वर्षीया एक किशोरीको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। जिरे माझीकी १७ वर्षीया छोरी विपनालाई बुधबार राति स्थानीय युवाले सामूहिक बलात्कार गरी हत्या गरेका हुन्।
प्रभात उमावि रानीवासको कक्षा दसमा अध्ययनरत किशोरीलाई सोही ठाउँका निरोज माझीले फोन गरी घरबाहिर बोलाएर लगी घर तलको खेतमा सामूहिक बलत्कार गरी हत्या गरेको मृतकका बुबा जिरे माझीले बताए। विपनाको हत्यापछि उनी सुत्ने कोठामै ल्याएर राखेपछि आफूहज्ञले थाहा पाएको जिरेको भनाइ छ।
'राति १ बजे कोठाको ढोकामा आवाज आयो त्यसपछि सुकमाया (मृतककी आमा) उठेर छोरी सुत्ने कोठामा हेर्न जाँदा ढोका खुला भएको र छोरी अचेत अवस्थामा भेटिएपछि घर तथा छरछिमेकले थाहा पाएका हुन्', जिरेले भने। स्थानीयले एम्बुलेन्समा विपनालाई जनकपुरको जानकी मेडिकल कलेज पुर्‍याउँदा अस्पताल पुर्‍याउनु पहिले नै उनको मृत्यु भइसकेको डाक्टरले बताएको जिरेले जानकारी दिए।
विपनाको शव पोस्टमार्टमका लागि बिहीबार बिहान सिन्धुली अस्पताल ल्याइएको छ। हत्याको आरोप लागेका निरोज माझीले विपनालाई प्रेम गर्ने गरेको स्थानीयको भनाइ छ। तर विपनाले निरोजलाई नस्वीकारेकै कारण केटाहरूको साथ लिएर बलात्कार गरी हत्या गरेको शंका भएको स्थानीय तथा प्रभात उमाविका शिक्षक पुजन बख्रेलले जनाए।
प्रहरीले सामूहिक बलात्कारपछि हत्यामा सामेल भएको आशंकामा बिहीबार बिहानै स्थानीय चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निरोज माझी, अजय परियार, पवन विक र रामजी खत्री छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय भिमानले पक्राउ गरेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जनाए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.