-->
शाहरुखको 'रइस'ले ६ दिनमै कमायो सय करोड

बलिउडका बादशाह शाहरुख खानको फिल्‍म 'रइस'ले ६ दिनमै सय करोड कमाएको छ। बलिउड बक्स अफिसमा सय करोड कमाउने रइस शाहरुखको सातौ फिल्‍म बनेको छ।
भारतीय फिल्‍म उद्योगका ट्र्याकर एवं इभेन्ट प्रोमोटर रमेश वालाले आफ्नो ट्विटर मार्फत रइसले करोड क्बलम प्रवेश गरेको जानकारी दिएका छन्।
रइसले पहिलो दिन २०.४२ करोड, दोस्रो दिन २६.३० करोड, तेस्रो दिन १३.११ करोड, चौथो दिन १५.६१ करोड, पाँचौ दिन ९३.२४ करोड तथा छैठो दिनमा ७.५ करोड कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो। यसअघि उनको ह्याप्पी न्यू इयर, चेन्‍नइ एक्सप्रेस, दिलवाले, जब तक है जान, रावन, डन-२ र 'कुछ कुट होता है'ले सय करोड क्लबमा समावेश भइसकेका छन्।
सोमबार नै शाहरुखले मुम्‍बइमा 'रइस'को सय करोड क्लबमा प्रवेश गरेवापत पार्टी आयोजना गरेका थिए। जसमा फिल्‍मका सबै कलाकारहरुलाई निम्ता गरिएको थियो।
रइसमा शाहरुखका साथमा माहिरा खान तथा नवाजुद्दीन सिद्दीकीले समेत दमदार अभिनय प्रस्तुत गरेका छन्। तर शाहरुखलाई यो फिल्‍मलाई लिएर केही अहम अनुभव भने थियो। किनकी यसअघि दिलवाले तथा फैनले बक्स अफिसमा धेरै उत्साह जनक कमाइ गरेको थिएन। रइसको निर्देशन राहुल ढोलकियाले गरेका छन् भने रितेश सिद्धवानी, गौरी खान र फराह अख्तरले संयुक्त रुपमा लगानी गरेका छन्।
यसका साथै फिल्‍मको स्क्रिप्ट राहुल ढोलकिया, हरित मेहता, आशिश भाशी र निरज शुक्लाले लेखेका छन्। त्यसैगरी जावेद अख्तरको शब्दमा राम सम्पाथले संगीत दिएका छन् भने केयू मोहनानले फोटोग्राफीको निर्देशन गरेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.