प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रममा माओवादी युवाको विरोध, हेर्नुस् भिडियो र फोट
काठमाडौँ : माओवादीका सात युवा घटकबीच आज भएको एकता बैठकको उद्घाटन गर्ने कार्यक्रम थियो तीनकुनेस्थित ताज ब्याङ्क्वेटमा। प्रमुख अतिथि थिए प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।
वाइसिएल नेपाल, क्रान्तिकारी युवा लिग, क्रान्तिकारी युवा विङ्ग, युवा जन सुरक्षा बल नेपाल, युवा गौरवशाली नेपाल, राष्ट्रिय जनस्वयंसेवक (विद्रोही) र अखिल नेपाल युवा युनियनको एकता प्रक्रियामा सम्मानजनक प्रतिनिधित्व नभएको भन्दै एक समूहले चर्को विरोध गर्यो।
उनीहरुले नाराबाजी गरी कार्यक्रम बिथोल्न सक्ने देखेपछि प्रहरी सक्रिय भयो। चर्को नारा लगाउनेलाई प्रहरीले कार्यक्रम स्थलबाट उचालेर बाहिर लगे।
अलि चर्का नारा लगाउनेहरु पाखा लागेपछि प्रधानमन्त्रीको आए। कार्यक्रम उद्घाटन गरे र कार्यक्रम निर्वाध सम्पन्न भयो।
दश माओवादी घटकहरुको एकतापछि मंगलबार माओवादीनिकट ७ युवा संगठनहरुको एकता भेला आयोजना गरिएको हो । एकता बैठकले नयाँ नेतृत्वसहित नयाँ कार्ययोजना तयार पार्नेछ।

0 comments
प्रतिक्रिया दिनुहोस्...