-->
ट्रम्पको कार्यकारी आदेशविरुद्ध प्रदर्शन गर्न पूर्वराष्ट्रपति ओबामाको आह्वान

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशविरुद्ध प्रदर्शन गर्न अमेरिकी जनतालाई आह्वान गरेको ‘दि वासिङ्टन पोस्ट’ले जनाएको छ ।
प्रवक्तामार्फत जारी गरेको एक वक्तव्यमा ओबामाले सात मुस्लिम राष्ट्रका नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय यसअघि ओबामा प्रशासनको पालामा लिइएको निर्णयको एक भाग भएको भन्ने कुरा अस्वीकार गरेका छन् ।
ओबामाको यो अभिव्यक्ति राष्ट्रपति पद छाडेको दुई हप्ताभन्दा पनि कम समयभित्र आएको हो ।
राष्ट्रपति पद हस्तान्तरण गरेपछि बिदा मनाउन गएका ओबामा अझै बिदाबाट फर्केका छैनन् । 
यसअघि जनवरी १८ मा ह्वाइट हाउसमा अन्तिम पत्रकार सम्मेलन गर्ने क्रममा उनले आफ्ना उत्तराधिकारीको कामलाई लिएर अमेरिकी मूल्य मान्यतामाथि अतिक्रमण भएको अवस्थामा मात्र बोल्ने जनाएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.