-->
पाइल्स रोगका लागि मूला र उसिनेको काँचो केरा अचूक औषधि

एजेन्सी। घिउ कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ ।

त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ । बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ । एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ ।

पाइल्सका रोगीले तारेको–भुटेको तथा रेशारहित खाना खानु हुँदैन । कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ ।

अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.