काठमाडौ–काठमाडौ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीद्वय प्रेम लुइृटेल तथा गंगा बहादुर क्षेत्री सहितको टोलीले गोंगबुका बिभिन्न डान्सबारमा अनुगमन गरेको छ ।
टोलीले गोंगबुका डान्सबार, दोहोरी, क्याविन रेष्टुरेण्ट लगायतका मनोरञ्जनका क्षेत्रमा आकस्मीक अनुगमन गरेको हो । त्यसक्रममा प्रायजसो स्थलमा आचारसंहिता पालना नगरीएको, बालिका श्रमीकको प्रयोग गरीएको, कपडा फेर्ने गोप्य कोठाको ब्यवस्था नगरीएको, न्युनतम मापदण्ड बमोजिम तलब कायम नगरीएको, नियुक्तिपत्र तथा परीचय पत्र आदिको ब्यवस्था नगरीएको पाईएको छ ।
मनोरञ्जनका क्षेत्रमा हुने बिभिन्न बिकृती तथा शोषणको अन्त्य गर्न सर्बोच्च अदालतले श्रमजीवी महिलाहरुप्रति डान्स रेष्टुरेण्ट, बार जस्ता स्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका–२०६५ जारी गरेपनि मनोरञ्जनका नाउमा बिभिन्न अस्लील गतिबिधी गर्ने गरेको पाईएकोले यस सम्बन्धि अनुगमन गर्न प्रशासनले म्याक (मोनिटोरीङ एकसन कमिटी) को गठन समेत गरेको छ । बिभिन्न सुचनाका आधारमा गोंगबुका पाँच स्थलहरुमा सहायक प्रजिअ, केन्द्रीय बाल कल्याण समिती, महिला बालबालीका कार्यलय जिल्ला बिकास समिती लयातका सरकारी निकाय तथा शक्ति समूहको समेत सम्लग्तामा अनुगमन गरीएको थियो । अनुगमनका क्रममा सहायक प्रजिअ लुईटेलले यस्तो अनुगमन कुनैपनि बेलामा गर्न सकिने र मापदण्ड बिपरीत सञ्चालन गरेको फेला परेमा तत्काल कारबाहि गरीने जानकारी दिए । अर्का सहायक प्रजिअ क्षेत्रीले सर्बोच्च अदालतको निर्देशीकालाई पालन गराएर मात्र व्यवसाय सञ्चालन गर्न गराउन निर्देशन दिएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...