-->
चामुण्डा मन्दिर र यसको महत्व

धर्म रक्षती रक्षत , अर्थात , भन्छन् धर्मको रक्षा हामीले गर्यो भने धर्मले पनी हाम्रो रक्षा गर्छ त्यसैले हाम्रा मठ मन्दिर हरुको समरक्षण हामी आफैले गर्न पर्छ । कसले के गर्यो भन्दा पनि मैले के गर्नु पर्छ भन्ने महत्व पुर्ण जस्तो लाग्छ । सधै अधिकार का लागी लड्ने तर आपनो कतब्र्य के हो भनेर कहिलै नबुझनु गलत मानसिकता को उपच हो । सत्य युग मा दक्ष प्रजापती कि पुत्री सती देबीको को मुत्त शरीर माहादेब ले बोकेर हिड्दा , जाहा जाहा अङ्ग पतन भयो त्याहा त्याहा एउटा एउटा शक्ति पिढ उत्पन्न भएको कथा हामीले पढेका सुनेका छौ ।
त्यहि अङ्ग पतन हुने क्रममा नेपालको जोरपाटी भन्ने स्थानमा सती देबिको नङ पतन भएकोले त्यस स्थानको नाउ चामुण्डा हुन गएको हाम्रो धार्मीक ग्रन्थहरुले बयान गरेका छन् । चामुण्डा देबी पनी शक्ति पिढहरु मध्य को एउटा पिठ शक्ति हो । हेर्दा हातको नङ्ग जस्तो देखीने भगबतीको शिला मा देबी स्वरुप बनाएर नित्य पुजा गर्न गरीन्छ । बर्षको २ पटक बडा दशै र चैते दशैमा बिषेश भिड लाग्ने उक्त मन्दिरमा टाढा टाढा देखी भक्त जन हरु आपनो स्रदाले आउने गर्छन् । नबरात्री भरी बिहान चाडो देखी निकै टाढा देखी भक्तजनहरु दर्शन पुजा गर्न आउछन् । बती मुनी अध्यारो भने जस्तै राजधानी मा नै अबस्थीत भएर पनी यो मन्दिर को खासै चर्चा हुन सकेको छैन भने अहिले सम्म कुनै पनी मिडीया र सरकारको नजर पनी जान सकेको छैन् ।
बिभिन्न जात जाती भाषा भाषी हरुको बसोबास रहेको जोरपाटी गाबिसमा कमैलाइ मात्र थाहा होला चामुण्डा भगबतीको महिमा हामीले पनी हाम्रा पुर्खाबाट सुनेका हौ यसको महत्व । संसार बिश्वासले चलेको छ त्यसैले बिश्वास गर्नका लागी यो मन्दिर शक्ति पिठको रुपमा चर्चित छ । कुनै समय यस्तो पनि थियो मान्छे घरमा प्रयाप्त सामान हुदैन थियो , उसको घरमा केहि कार्य गर्न लागीयो के गर्न भन्दा त्यहि देबीको मन्दिरमा बेलुका गएर भोली मेरो घरमा कार्य छ मलाइ यो यो समान चाहियो भने पछि बिहान उठेर हेर्न जादा त्यो सामान त्यहि हुन्थियो रे पछि गएर एक जना लोभी ले पन्यु लुकाए पछि त्यो सामान दिन बन्ध भयो भन्ने यहाका बुढा पाकाहरुको भनाइ छ । त्यसैले भाडा दिने देबीका रुपमा पनि चिनिने गर्छ ।
बर्षको एक पटक देबीको दर्शन गर्न शिबपुरीबाट बाघ आएको कुरा स्व गणेश बहादुर रायमाझीले कती पटक यो स्तम्बकारलाइ भनेका छन् । पर्यटकको लागी पनि रमणिय स्थाल हुन सक्छ , चारै तीरको दृष्य हेर्न सकिन्छ यहाबाट बाताबरण पनि शान्त छ , राजधानीमा यस्ता ठाउ बिरलै भेटीने गर्छन् अहिले अबस्थामा चामुण्डाको मन्दिरबाट त्रिभुबन अन्तराष्ट्यि बिमान स्थल , बौद्ध नाथ तथा स्यम्भुको दृष्य देख्न सकिन्छ । बिबाह , बर्तमान देखी लिएर फिल्म सुटीङ्ग गर्नका लागी पनि राम्रो गन्तब्य बनेको छ । पहिला चामुण्डा मन्दिर वरपर केहि थिएन उजाड खुल्ला चौर एउटा सानो ढुङ्गाको मुर्ती जसमा स्थानीयले देबी भनेर पुजा गर्दे । स्थानीय बच्चाहरुको खेल्ने र बाख्रा चराउने ठाउ थियो मन्दिरले चर्चीएको जग्गा समेत हरायो केहि कालपछि त्यसै ठाउमा स्वरुप नन्द ब्रमचारी बाबाको आगमन भयो समय आएपछि हरेकाठाउमा परीबर्तन हुदो रहेछ भने जस्तै , त्यस स्थानको रुप पनि एका एक फेरीदै गयो । उजाड चौरमा बिक्ष रोपण गरीयो रुखलाइ पानी हाल्नको लागी तल सम्म पानी लिन जानु पर्थ्यो त्यहा धारा थिएन तर पनि रुख बिरुवा हुर्काएर ठुलो बनाइयो तर पछि ती सबै रुखहरु एका एक गरेर काटीए यो दुख लाग्दो कुरो भयो त्यती दुख गरेर हुर्काएको रुख किन काटीयो , यसका लागी कहि कतै बाट बिरोध भएन । वरीपरी पर्खाल लगाउने कार्य समेत बाबा जी सक्रीयता मा सम्पन्न भयो ।
अतीक्रमीत भएको ठाउलाइ स्व सचीत सम्मशेर जबराले पर्खाल लगाए समरक्षीत गर्नु भयो उहाको योगदान अतुलनीय छ । मान्छे ठुलो भएर असल हुन्छ भन्ने छैन् उसले गरेको कर्मले उसलाइ असल र खराब भन्ने देखाउछ । पछि त्यस ठाउमा स्थानीयले संरक्षण हेतु एउटा कोष गठन गरेका छन् जसलाइ चामुण्डा क्षेत्र बिकास कोषको नाम दिएको छ । अहिले सम्म पनि त्यहा त्यहि कोषले हेदै आएको छ हिजो खुल्ला बच्चाहरुले आची गर्न ठाउ अहिले हरीयाली छाएको छ । सरकारले मन्दिर संरक्षण भनेर प्रहरीलाइ खटाउछ भन्ने सुनेका छौ कतै हाम्रो मन्दिरमा पनि राज्यको नजर गएर सुरक्षा प्रदान पो गर्छ कि भन्ने टोल बासीको आशा छ । बडा दशैको नबरात्री , चैत्र दशै र शनिबारका दिन बिशेष भिड लाग्ने गर्छ यस मन्दिरमा ।
राजधानीबाट नजीक भएर पनि यसले राज्यबाट खासै केहि पाएको छैन् सबै स्थानीय जन समुदायको सक्रीयतामा भएको छ । आफुले चीताएको पुग्छ भन्ने भनाइका साथ यहा दर्शन गर्न आउनेहरुको भिड लाग्छ । त्यस मन्दिर प्रागणमा हनुमान , शिब , बुद्ध , राम लक्षुमण भैरब तथा बगला मुखी लगाएतका मुर्तीहरु छन् । प्रत्येक बर्षको चार महिना चतुमासा पुराण भन्ने गरीन्छ , जसका कारण बृद्धहरुलाइ समय कटाउन सजीलो भएको छ । हेर्दा जती सरल र सहज लाग्छ यस मन्दिरको बिशेषता त्यती नै छ । जोरपाटी चोकबाट झण्डै २०० किमी उत्तर तर्फ रहेको यस चामुण्डा मन्दिरसगै गाणेशको मन्दिर पनि छ यसको बिषेशता झनै अच्चम लाग्दो छ । पहिला कुनै समय मा एक जना घिमिरे ज्योतिष थिए उनको नाउ जगनाथ घिमिरे थियो हुनत उनको बारेमा जोरपाटीमा कसैलाइ थाहा छैन होला जसलाइ थाहा थियो उनीहरु परलोक भइ सके त्यहि भएर नै यो भन्न आवश्यक जस्तो लागेर यहा लेखेको हु । इतीहास मेटाउनुको साटो बलीयो बनाउनु पर्छ जस्तो लाग्छ । भोलीको पिढीले यहा कसरी गणेशको मन्दिर रहन गयो भनेर प्रश्न गरे भने त्यसको उत्तर के दिने ? त्यहि घिमिरे जोतीष जगनाथले गणेस शिद्धि गरेका थिए भनेर स्व कालु गुरु अर्थात चिरन्जीबी अर्याल गुरुले भन्ने गर्नु हुन्थियो ।
उनी नित्य गणेशको आरधना गर्थे उनै गणेशको आर्शिबादले उनको बाक्य सिद्ध भएको थियो रे । मन्दिर भन्दा ७ फिट तल खन्दा पनि त्यसको छेउ भेटाउन सकिएन जती तल गयो त्यती नै फराकिलो भएपछि त्यसलाइ खन्न छाडीयो रे अनी राती सपनामा गणेशले दर्शन दिए रे । पहिला सेतो ढुङ्गा मात्र थियो पछि त्यहि ढुङ्गामा गणेसको आकृती देखीदै गयो भन्ने भनाइ अहिले पनि सुन्न पाइन्छ । यसको चर्चा परीचर्चा जती गरे पनी सकिदैन। २०४१ साल देखी प्रत्येक बर्ष चैत्र अष्टमिका दिन चामुण्डा , गणेस र भैरब को रथ घुमाउने कार्य गरीन्छ , हजारौ को सख्या मा भक्तजनहरु को उपस्तिथी हुन्छ उक्त अबसरमा , त्यस दिन पच बली पनि दिइन्छ भने रथलाइ जोरपाटीका विभिन्न भागमा परीक्रमा गराइ अन्त्यमा मन्दिरमा ल्याएर राखीन्छ र त्यहा दिएको पन्चबलीको प्रसादको रुपमा सबै भक्तजनहरुलाइ बाढीन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.